सेयर कारोबार र सम्पत्तिको स्रोत छानबिनमा विष्णु पौडेल नियन्त्रणमा

2k Shares

८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएको हो ।

प्रहरी स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान भइरहेको छ । यही सिलसिलामा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको विभागसम्बद्ध उच्च स्रोतले जनाएको छ ।

पौडेल पार्टीको कार्यक्रमका लागि सुर्खेत पुगेका बेला पक्राउ परेका हुन् । उनलाई कार्यक्रमस्थलबाटै नियन्त्रणमा लिएर हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई हवाइ वा स्थलमार्गमध्ये उपयुक्त विकल्पमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

यसबीच, नेकपा एमालेले देशभर पार्टी पुनर्गठनका लागि प्रदेशस्तरमा सुझाव संकलन गरिरहेको छ । यस्तै समयमा पार्टीका उपाध्यक्ष पक्राउ परेपछि राजनीतिक वृत्तमा घटनाले चासो बढाएको छ ।

प्रहरीले अनुसन्धान जारी रहेको र आवश्यक प्रक्रिया पूरा भएपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ ।

सम्बन्धित समाचार