राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण

1.2k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस भएको उक्त विधेयक राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गर्नुभएको हो।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ।

संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने व्यवस्था छ।

WhatsApp_Image_2026-06-25_at_4_45_34_PM.jpeg
 
सम्बन्धित समाचार