काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न ६४ जना पक्राउ

1.6k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले ६४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि आवश्यक सोधपुछ तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । प्रहरीका अनुसार पछिल्लो समय सञ्चारगृह, सार्वजनिक स्थल तथा संवेदनशील क्षेत्रमा देखिएका शंकास्पद गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको छ ।

सोही क्रममा विभिन्न स्थानमा खोजतलास र निगरानी अभियान सञ्चालन गरिएको हो । प्रहरीले नागरिकलाई कुनै पनि शंकास्पद व्यक्ति, वस्तु वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ ।

साथै, सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन उपत्यकाभर निगरानी र गस्तीलाई निरन्तरता दिइने जनाएको छ ।

 
सम्बन्धित समाचार