गोप्य सूचनापछि सीआईबीको अपरेसन, हुण्डी कारोबारमा एक नियन्त्रणमा

1.4k Shares

काठमाडौं। हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक जनालाई पक्राउ गरेको छ।

सीआईबीले प्राप्त गरेको गोप्य सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा धादिङका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल हुण्डी कारोबारमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको जनाएको छ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर ज.ब.राका अनुसार रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गर्दै रु. १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हुण्डीसम्बन्धी कसुरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि साउन १२ गते काठमाडौं महानगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका रिजाल धादिङको साविक सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ मा बसोबास गर्दै आएका छन्।

सीआईबीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। अनुसन्धानका क्रममा हुण्डी कारोबारमा संलग्न अन्य व्यक्तिको संलग्नता र कारोबारको स्रोतबारे समेत खोजबिन भइरहेको प्रहरीले जनाएको छ।canvas.png

सम्बन्धित समाचार