रोक्न सकिएला त क्रसरको दोहन ?

1.3k Shares

घरेलु कार्यालय सर्लाहीका अनुसार जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये ८ वटा सञ्चालित अवस्थामा छन् । मापदण्डअनुसार क्रसर उद्योग मुख्य सडक मार्ग र खोला किनारबाट ५ किमि, हाई टेन्सन लाइनबाट १ किमि दूरीमा हुनुपर्छ । शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्ती र खेतीयोग्य जमिनबाट २ किमि टाढा हुनुपर्छ । तर स्थापना हुनुअघि पारदर्शी ढंगले वातावरण प्रभाव मूल्यांकन हुनुपर्ने भए पनि आधारभूत मापदण्ड क्रसर उद्योगले पूरा गरेका छैनन् ।
हरिपुरमा रहेको क्रसर उद्योग नवलपुर मलंगवा सडक मार्गमै जोडिएको छ । बागमतीमा सञ्चालीत क्रसर उद्योग मानव बस्तीकै बीचमा रहेको छ । बागतमीमा सञ्चालीत क्रसर उद्योग नजिक करिब ५ सय मिटरको नजिकमा बागमती नदी छ भने पुर्व पश्चीमलोकमार्गबाट करिब २ किलो मिटरको दुरीमा छ ।  फुलजोरमा सञ्चालीत क्रसर उद्योग मुख्य राजमार्ग र फुलजोर त्रिभुवनगर जोड्ने सडकमै जोडिएको छ । त्यसैगरी रानिगञ्जमा सञ्चालीत क्रसर उद्योग राष्ट्रिय वन क्षेत्र, बस्ती र खोला नजिकै  सञ्चालन भैरहेको छ ।
त्यसैगरी जिल्लामा अन्य विभिन्न स्थानमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, साँस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्ती र खेतीयोग्य जमिनमै सञ्चालन भइ रहेका छन् । सञ्चालनअनुमती दिने समयमा वातावरणीय मुल्यांकन नगरी अनुमती दिँदा अहिले स्थानिय प्रशासनलाई सास्ती भइ रहेको छ । भने क्रसर उद्योग पनि मापदण्ड मिचेर सञ्चालित छन् । तर, हालसम्म प्राकृतिक स्रोतसाधन संरक्षण समितिले उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन । अबैध रूपले सञ्चालन भैरहेका उद्योग न अन्त सारिएका छन् न त बन्द नै भएका छन् ।
पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठले फुलजोर,  लालबन्दी नगरपालिका १७ का  वडा अध्यक्ष नवराज अधिकारीले रानिगञ्ज, बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले बागमती,नेपाली कांग्रेसका नेता चन्द्रीका साहले हरिपुरका क्रसर उद्योगलाई संरक्षण दिँदै आएका स्थानिय युवा लक्ष्मण खड्काले बताउनु भयो । उहाँहरुले आफ्नो नाममा रहेको क्रसर उद्योग विवादित हुने डरले दाजुभाइ तथा आफ्ना आसेपासेको नाममा  सञ्चालन गर्नु भएको स्थानियको आरोप छ भने केही वडाध्यक्ष र सदस्यहरूले पनि कसैले ट्र्याक्टर त कसैले टिपर सञ्चालन गर्दै आएका छन् ।
जिल्लामा यसरी अवैध रुपमा गैर कानूनी तरिकाबाट सञ्चालीत क्रसर उद्योगहरुलाई जिल्ला प्रशासन कार्यालयले कानूनी मापदण्ड पुर्याएर सञ्चालन गर्न र कानूनी मापदण्ड नपुगुन्जेल सञ्चालन बन्द गर्न पटक पटक आग्रह गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले बताउनु भयो । 
हाल जिल्लामा  सञ्चालित क्रसर उद्योगहरुलाई मापदण्ड पुगे नपुगेको अनुगमन समेतगरिएकोर अधिकांश क्रसर उद्योगहरु नविकरण नभएका,वातावरणीय मुल्यांकन अनुसार नहरेका पाइएको अनसगमन समितिले जनाएको छ । 
  मापदण्ड विपरित यसरी सञ्चालीत क्रसर उद्योगहरुलाई जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सरुवा भएलगतै जो प्रमुख जिल्ला अधिकारी आएपनि अनुगमन गर्ने र मापदण्ड पुर्याएर सञ्चालन गर्न आग्रह गर्ने गरेको भएपनि जिल्लाका कुनै क्रसर उद्योगहले स्थानिय प्रशासनको आग्रहलाई वेवास्था गरेका स्थानिय प्रशासनको  आरोप छ ।
राष्ट्रपति चुरे संरक्षण अभियान चली रहेको क्षेत्र मै क्रसर उद्योगीहरुले अनाधिकृत रुपमा  उत्खन्न गरेका कारण चुरे विनाशको संकटमा पुगेको प्रदेश नम्बर २ का उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले बताउनु भयो । अनाधिकृत दोहनले प्राकृतिक विनाश निम्त्याएको र स्थानीयमा द्वन्द्व बढाएको भन्दै उचित व्यवस्थापन गर्न आवश्यक रहेको राज्य मन्त्री मण्डलले बताउनु भयो ।
जिल्लाको चुरे क्षेत्रमा ८५ प्रतिशत बासिन्दा कृषि पेशामा आश्रित छन् । जथाभावी खोला नालाबाट ढुंगागिट्टी उत्खनन भएकै कारण पानीका मुहानहरू सुकेर समस्या हुने गरेको छ भने  बर्षेनी कटानको समस्या पनि बढ्दो अवस्थामा रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताउनु भयो ।
जथाभावी प्राकृतिक सम्पदा दोहन हुन नदिन भन्दै जिल्ला प्राकृतिक स्रोत साधन संरक्षण समितिले मापदण्ड निर्धारण गरेको भए पनि क्रसर उद्योगहरूले त्यो मापदण्ड पालना गरेका छैनन् । 

सम्बन्धित समाचार