हानेपाका शैलेन्द्रमान बज्राचार्य बने बागमतीका भौतिक पूर्वाधार विकास मन्त्री

1.5k Shares

बागमती प्रदेश सरकारमा फेरबदल गर्दै हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा यसअघिका मन्त्री विनु रायमाझी पौडेलले पदबाट राजीनामा दिएपछि बज्राचार्यले उक्त मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

यो नियुक्तिलाई बागमती प्रदेशको बदलिँदो राजनीतिक समीकरणसँग जोडेर हेरिएको छ। नेकपा एमाले र नेकपाले नयाँ सरकार गठनको गृहकार्य गरिरहेका बेला मुख्यमन्त्री बानियाँले दुई सिट रहेको हानेपालाई सरकारमा सहभागी गराएपछि सत्ता समीकरणमा नयाँ मोड आएको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्ने भएकाले साना दलको भूमिका निर्णायक बनेको छ। हानेपाको सरकार प्रवेशले नयाँ सत्ता समीकरणको अंकगणितमा समेत प्रभाव पर्ने विश्लेषण गरिएको छ।

 
 
 
सम्बन्धित समाचार