राष्ट्रियसभा बैठक केही दिन पर धकेलियो, साउन २७ मा छलफल हुने

2.6k Shares

राष्ट्रियसभाको शुक्रबारका लागि तय गरिएको बैठक स्थगित गरिएको छ। संघीय संसद सचिवालयले सूचना जारी गर्दै पूर्वनिर्धारित बैठक स्थगन भएको जनाएको हो।

सचिवालयका अनुसार राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको नयाँ मिति निर्धारण गरेका छन्।

अब राष्ट्रियसभाको अर्को बैठक साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ।

बैठक स्थगनको कारण भने सचिवालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छैन। अब २७ साउनको बैठकमा कार्यसूचीअनुसारका विधेयक तथा अन्य संसदीय कार्यहरू अघि बढाइने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार