दोलालघाटबाट सुनकोशीमा हाम फालेका दम्पत्तिमध्ये श्रीमतीको शव फेला

1.4k Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका पराजुली दम्पत्तिमध्ये श्रीमतीको शव फेला परेको छ ।

प्रहरीका अनुसार मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव आइतबार सुनकोशी नदीमा फेला परेको हो । ओखलढुङ्गा जिल्लाको सीमा नजिकै नदीमा तिलकुमारीको शल फेला परेपछि खोजी गर्ने क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

तिलकुमारीसँगै सुनकोशीमा हाम फालेका उनका श्रीमान् केदारनाथ पराजुली भने अझै बेपत्ता छन् । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको र प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

 
 
 
सम्बन्धित समाचार