राष्ट्रियसभा बैठक बस्दै, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथि छलफल हुने

1k Shares

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेछ।

आजको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले उक्त प्रस्ताव राष्ट्रियसभामा पेस गर्ने सम्भावित कार्यसूची छ।

आन्तरिक हवाई सेवासँग सम्बन्धित दायित्व, यात्रुको अधिकार तथा सेवा प्रदायकको जिम्मेवारीलाई व्यवस्थित गर्ने उद्देश्यले ल्याइएको विधेयकमाथि राष्ट्रियसभामा सैद्धान्तिक छलफल अघि बढ्नेछ।

सम्बन्धित समाचार