1.1k
Shares
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष सञ्जीव थापासहितका पूर्वपदाधिकारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआईबीकी एआईजी उमा चतुर्वेदीका अनुसार जग्गा खरिदका क्रममा अनियमितता गरी ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरू नेपाल रेडक्रस सोसाइटीका पूर्वपदाधिकारी रहेको सीआईबीले जनाएको छ । उनीहरूमाथि रेडक्रसको जग्गा खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा अनुसन्धान अघि बढाइएको हो ।
पक्राउको विषयमा सीआईबीले विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन । अनुसन्धान अघि बढिरहेको र थप तथ्य खुलेपछि विस्तृत जानकारी आउने प्रहरीले जनाएको छ ।