रकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारले आग्रह गरेको छ। स्वदेशी उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रयोगलाई प्राथमिकता दिँदै सरकारी निकायहरूले उदाहरणीय भूमिका खेल्नुपर्नेमा सरकारले जोड दिएको हो।
सरकारले सार्वजनिक निकाय, मन्त्रालय, विभाग तथा मातहतका कार्यालयहरूलाई सम्भव भएसम्म स्वदेशमै उत्पादित वस्तुको खरिद र प्रयोग गर्न आग्रह गरेको छ। यसबाट स्वदेशी उद्योगको प्रवर्द्धन, उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने विश्वास गरिएको छ।
सरकारी कार्यालयमा दैनिक रूपमा प्रयोग हुने स्टेशनरी, फर्निचर, पोसाक तथा अन्य आवश्यक सामग्री खरिद गर्दा गुणस्तरीय स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ। स्वदेशी वस्तुको प्रयोग बढेमा आयातमा निर्भरता कम हुनुका साथै देशभित्रै उत्पादन गर्ने उद्योग व्यवसायलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
सरकारले निजी क्षेत्र र आमउपभोक्तालाई समेत स्वदेशी उत्पादनको प्रयोग बढाउन आग्रह गर्दै स्थानीय उत्पादनको प्रवर्द्धनबाट राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने जनाएको छ।