राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ : विमलेन्द्र निधि

995 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले देशको राजनीतिक प्रणाली सुरक्षित रहे मात्रै निजी क्षेत्र तथा व्यवसाय सुरक्षित हुने बताएका छन्। उनले राजनीतिक स्थायित्व, लोकतान्त्रिक व्यवस्था र विधिको शासन बलियो बनाउनुपर्नेमा जोड दिँदै राजनीतिक प्रणालीमाथि हुने कुनै पनि प्रकारको जोखिमले व्यवसायिक वातावरणमा समेत प्रत्यक्ष असर पार्ने धारणा राखेका हुन्।

निधिले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानीको वातावरण निर्माण गर्न राजनीतिक स्थिरता आवश्यक रहेको बताए। उनका अनुसार व्यवसायीले निर्भय भएर लगानी गर्न र रोजगारी सिर्जना गर्न सक्ने वातावरणका लागि लोकतान्त्रिक प्रणाली तथा संवैधानिक व्यवस्थाको संरक्षण अपरिहार्य छ।

उनले आर्थिक समृद्धिका लागि सरकार, राजनीतिक दल र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि बताए। राजनीतिक अस्थिरता बढ्दा लगानीकर्तामा विश्वास घट्ने र त्यसको असर उत्पादन, रोजगारी तथा समग्र अर्थतन्त्रमा पर्ने उनको भनाइ थियो।

निधिले राजनीतिक प्रणालीको संरक्षणसँगै सुशासन, पारदर्शिता र कानुनी शासनलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

सम्बन्धित समाचार