यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

932 Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज ठूलो नेपाली गोलभेँडाको थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र भारतीय गोलभेँडाको १०० रुपैयाँ तोकिएको छ। सानो लोकल गोलभेँडा ४५, टनेल गोलभेँडा ६८ र भारतीय सानो गोलभेँडा ५५ रुपैयाँ प्रतिकिलो छ।

यस्तै, रातो आलु लाम्चो ५१, गोलो ५३, मुढे ५३ र भारतीय रातो आलु ४० रुपैयाँ प्रतिकिलो रहेको छ। सेतो आलु ३८ तथा भारतीय सुकेको प्याज ९० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

गाजर लोकल १२०, तराईको गाजर ८०, लोकल बन्दा ३०, स्थानीय काउली ११०, रातो मूला ३० र सेतो हाइब्रिड मूला ३५ रुपैयाँ प्रतिकिलो छ। लाम्चो भन्टा २५ र डल्लो भन्टा ५० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

हरियो तरकारीतर्फ तने बोडी ९०, मकै बोडी १२०, लोकल तथा हाइब्रिड घिउ सिमी १००–१००, टाटे सिमी ८०, भटमास कोसा १३० र तीते करेला ५० रुपैयाँ प्रतिकिलो छ। लौका ६०, लोकल परवर ७०, तराईको परवर ८०, चिचिण्डो र घिरौँला ३०–३० तथा झिगुनी ७० रुपैयाँ प्रतिकिलो छ।

सागपाततर्फ रायोसाग १२०, पालुङ्गो २५०, तोरीको साग १०० र हरियो प्याज २०० रुपैयाँ प्रतिकिलो छ। कन्य च्याउ ३००, डल्ले च्याउ ५००, राजा च्याउ ३३० र सिताके च्याउको मूल्य १ हजार रुपैयाँ प्रतिकिलो तोकिएको छ।

फलफूलतर्फ फुजी स्याउ ३५०, नेपाली केरा दर्जन ३००, मालभोग केरा २००, कागती ३००, अनार ३०० र मालदह आँप २८० रुपैयाँ प्रतिकिलो छ। चोसा आँप २५०, हरियो तरबुजा ६०, जुनार २००, भुइँकटहर प्रतिगोटा २०० र लोकल काँक्रो ५० रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै, नेपाली मेवा ८०, भारतीय मेवा १००, लप्सी ६०, किबी ४००, एभोकाडो २५०, अमला २०० तथा काँचो नरिवल ८० रुपैयाँ प्रतिकिलो छ।

मसला तथा अन्य कृषिउपजमा अदुवा ३००, सुकेको खुर्सानी ५५०, लाम्चो हरियो खुर्सानी ६०, अकबरे खुर्सानी ३००, हरियो धनियाँ ५००, चिनियाँ सुकेको लसुन २२० र नेपाली सुकेको लसुन २०० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ। माछातर्फ सुकेको माछा १ हजार, ताजा रहु ३७०, बचुवा ३४० र छडी माछा ३५० रुपैयाँ प्रतिकिलो अधिकतम थोक मूल्य निर्धारण गरिएको छ।

सम्बन्धित समाचार