रसुवा बाढीपछि उद्धारका लागि सशस्त्र प्रहरीको ठूलो टोली परिचालन

2k Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बलको ठूलो टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्धार तथा राहत कार्य अघि बढाइएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरी बलका १९ नम्बर गुल्म नुवाकोट, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट र १७ नम्बर गण चितवनबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो ।

बाढीबाट प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, राहत वितरण तथा आवश्यक सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी खटिएका छन् ।

सम्बन्धित समाचार