रसुवा बाढी : ६०२ जनाको हवाई उद्धार, ५० विदेशी नागरिक

1.2k Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा फसेका ६०२ जनाको नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ५० जना विदेशी नागरिक रहेको सेनाले जनाएको छ।

सेनाका अनुसार बिहीबार बिहानदेखि दिउँसो ३ः३० बजेसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट ६०२ जनाको हवाई उद्धार गरिएको हो। यसबाहेक थप २०० जनालाई जमिनबाट समेत उद्धार गरिएको सेनाले जनाएको छ।

बाढी प्रभावितको उद्धारका क्रममा त्रिशूलीमा स्थापना गरिएको आपत्कालीन उपचार केन्द्रमा ३३८ जना घाइतेको उपचार गरिएको छ। उपचारका लागि वीरेन्द्र अस्पतालबाट चिकित्सकसहितको मेडिकल टोली परिचालन गरिएको छ।

खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले ड्रोन र सैनिक कुकुरसमेत परिचालन गरेको छ। उद्धार, खोजी, आपत्कालीन उपचार तथा राहत वितरणका लागि ४ हजार २०० भन्दा बढी सैनिक परिचालन गरिएको सेनाले जनाएको छ।

यसैगरी, सेनाको टोली धादिङस्थित पृथ्वी राजमार्गमा बाढीपछि जमेको लेदो हटाएर सडक सञ्चालनमा ल्याउने काममा समेत खटिएको छ।

सम्बन्धित समाचार