आजको राशिफल : यी राशिका लागि दिन फलदायी, कसलाई बढ्नेछ कामको बोझ ?

1.2k Shares

काठमाडौँ । २०८३ साल भदौ १४ गते आइतबार, सन् २०२६ अगस्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। आज विश्व बेपत्ता विरुद्धको दिवस तथा रोपाईं जात्रा पनि हो।

नक्षत्रअनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमाको राशि र नक्षत्रका पदका आधारमा नामकरण गरिन्छ। यही आधारमा व्यक्तिको दैनिक जीवनसँग सम्बन्धित फलादेश गरिन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश यस्तो छ :

मेष

दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। बन्धुसँगको सहकार्यबाट नाफा हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ।

वृष

दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुन

दिन सामान्य छ। थोरै बोल्नु उचित हुनेछ। व्यापार व्यवसायमा गरेको लगानी डुब्ने जोखिम छ। ठूला व्यक्तिबाट अपमानित भएको महसुस हुन सक्छ। उत्तरतर्फको यात्रा नगर्नु उचित हुनेछ। राजनीतिक क्षेत्रमा भने सहज वातावरण बन्नेछ।

कर्कट

दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। विदेशी लगानीतर्फ मन आकर्षित हुनेछ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ।

सिंह

दिन सामान्य छ। कामको बोझ थपिनेछ। व्यापारमा सहकार्य गर्नु उचित हुनेछ। एकल लगानी नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या

दिन राम्रो छ। राज्यको सेवाबाट मन प्रसन्न हुनेछ। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। धार्मिक यात्रा तय हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला

दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट नाफा हुनेछ। अग्रजको सुझावअनुसार काम गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक

दिन राम्रो छ। मन शान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा नाम तथा दाम प्राप्त हुनेछ। मिहिनेतको फल मिल्नेछ।

धनु

दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुन सक्छ। धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ। काम गर्नुअघि आफूभन्दा ठूला व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्न सक्छ।

मकर

दिन सामान्य छ। प्रियजनबाट धोका हुन सक्छ। मनमा अनर्थका तर्क चल्नेछन्। धार्मिक विषयमा अविश्वास बढ्न सक्छ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या बढ्न सक्छ। परिवारको सल्लाहमा अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ

दिन राम्रो छ। सामाजिक क्षेत्रमा बढुवा हुनेछ। मन शान्त बन्नेछ। विपक्षी साथीबाट समेत साथ र सहयोग मिल्नेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ।

मीन

दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। आम्दानी बढ्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा गरेको योगदानको कदर हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सम्बन्धित समाचार