त्रिशूलीमा बहाव बढ्दा धादिङको चिरौदीमा चार घरमा क्षति

1.2k Shares

काठमाडौँ । त्रिशूली नदीमा पानीको बहाव बढ्दा धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चार वटा घरमा क्षति पुगेको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीले स्थानीयका चार घरमा क्षति पुर्‍याएको सूचना प्राप्त भएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर अवस्थाबारे जानकारी लिइरहेको छ।

घर पूर्णरूपमा बगेका हुन् वा आंशिक क्षति भएको हो भन्ने यकिन प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्र हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताएकी छन्। गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले पनि चार घरमा क्षति पुगेको जानकारी प्राप्त भएको बताएका छन्।

त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएकाले नदी तटीय क्षेत्र जोखिममा रहेको स्थानीय प्रशासनले जनाएको छ। प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार