हेटौँडा–काठमाडौं सडकमा नयाँ रुट व्यवस्था, आउँदा–जाँदा फरक बाटो
1.4k
Shares
हेटौँडा । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीसाधनका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ। काठमाडौंबाट हेटौँडा आउने सवारीले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको हो। नयाँ रुट व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समयसम्म सवारी रोक्नुपर्ने समस्या कम हुने प्रशासनको अपेक्षा छ।