बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउन माग
1.3k
Shares
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सांसदहरूले सरकारले राष्ट्रिय शोक घोषणा गर्नुपर्ने माग गरेका छन्।
सांसदहरूले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई तत्काल राहत, बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो क्षति पुर्याएको र सयौँ नागरिकको ज्यान गएको तथा ठूलो संख्यामा मानिस बेपत्ता रहेको भन्दै यस्तो राष्ट्रिय विपद्को अवस्थामा राज्यले औपचारिक रूपमा राष्ट्रिय शोक घोषणा गर्नुपर्ने उनीहरूको भनाइ छ।
सांसदहरूले विपद्को क्षतिको यकिन विवरण संकलन, बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र विस्थापित नागरिकको पुनःस्थापनालाई प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराएका छन्।