काठमाडौँ । संघीय संसद्अन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ। प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ९ः३० बजे सिंहदरबारमा बस्नेछ। बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल गर्ने कार्यसूची रहेको छ।
यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची छ।
संघीय संसद् सचिवालयका अनुसार उक्त विधेयक यसअघि प्रतिनिधिसभाबाट समितिमा दफावार छलफलका लागि अघि बढिसकेको छ। विधेयकमा स्वीकृत एकीकृत संशोधनसमेत परेको संसद् सचिवालयको विवरणमा उल्लेख छ।
आजै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।