काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्लो समयको प्रमुख विषय बनेको रसुवा बाढी तथा उद्धार, राहत र त्यसबाट सिर्जित अवस्थाबारे छलफल हुने बताइएको छ ।
त्यसैगरी मुलुकको पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने रास्वपा स्रोतले जनाएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारको उद्धार तथा राहत व्यवस्थापन, प्रभावित क्षेत्रमा देखिएको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे पनि बैठकमा पार्टीको धारणा तय हुन सक्ने बताइएको छ ।
रास्वपाले पछिल्लो समय विपद् व्यवस्थापनसँगै समसामयिक राजनीतिक विषयमा पार्टीको रणनीति तथा भूमिकाबारे छलफल गर्दै आएको छ ।
आजको सचिवालय बैठकले रसुवा बाढीपछि उत्पन्न परिस्थितिमा पार्टीको आगामी भूमिका र सरकारसँग सम्बन्धित विषयमा आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।