धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण क्षति पुगेको सडकको मर्मत कार्य गर्न बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्ड बन्द गरिनेछ।
मर्मत अवधिभर एम्बुलेन्स र शववाहनबाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। प्रशासनले यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ।
बाढीपछि परेवाभिर क्षेत्रमा सडक एकतर्फी रूपमा मात्र सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मतका लागि आवागमन पूर्ण रूपमा बन्द गर्नुपरेको प्रशासनले जनाएको छ।