वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ

1.3k Shares

वीरगन्ज । वीरगन्जस्थित क्यासिनो गोल्डेन फिङ्गरबाट एक गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ परेका छन्। प्रहरीले क्यासिनोमा अवैध रूपमा प्रवेश गरेका ६ जना नेपाली नागरिकलाई समेत नियन्त्रणमा लिएको जनाएको छ।

क्यासिनोमा प्रहरीले गरेको निगरानी तथा कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। 

सम्बन्धित समाचार