काठमाडौं । रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति नेकपाले संसदमार्फत सरकारको ध्यानाकर्षण गराएको छ।
सांसद रमेश मल्लले बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए। विशेषगरी बाढीपछि सुरुङ तथा जोखिमयुक्त क्षेत्रमा फसेका व्यक्तिको उद्धारमा राज्यका सबै संयन्त्रलाई परिचालन गर्नुपर्ने उनको भनाइ छ।
उनले प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने, विस्थापित परिवारको व्यवस्थापन गर्ने तथा क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माण गर्ने कामलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरे।
बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी बलियो बनाउनुपर्नेमा पनि जोड दिइएको छ।