1.8k
Shares
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विद्युतीय सवारी (ईभी) दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
दुर्घटना इन्द्रसरोवर क्षेत्रको सडकखण्डमा भएको हो । दुर्घटनापछि घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जनाइएको छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान अघि बढाएको छ। दुर्घटनाको कारण र मृतक तथा घाइतेको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पनि इन्द्रसरोवर क्षेत्रमा सवारी दुर्घटना हुने गरेका छन्।