विश्वकर्मा पूजामा भद्रकालीमा भक्तजनको भीड

778 Shares

काठमाडौं । विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा भक्तजनको भीड लागेको छ। आज आश्विन संक्रान्तिका दिन भगवान् विश्वकर्माको पूजा आराधना गरिँदैछ।

विश्वकर्मा पूजाका अवसरमा विभिन्न उद्योग, कलकारखाना तथा कार्यस्थलमा भगवान् विश्वकर्माको मूर्ति वा तस्वीर स्थापना गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस दिन सवारीसाधन, मेसिनरी तथा विभिन्न औजारको समेत पूजा गर्ने चलन रहेको छ।

भद्रकालीमा पनि विश्वकर्माको पूजा गर्न भक्तजनहरू बिहानैदेखि पुगेका छन्। उद्योग तथा कलकारखानामा काम गर्ने श्रमिक र कर्मचारीको सहभागितामा विशेष पूजा तथा सजावट गर्ने गरिन्छ।

पूजा गरिएका विश्वकर्माका मूर्ति तथा तस्वीर भोलिपल्ट नदी वा जलाशयमा विसर्जन गर्ने परम्परा समेत रहेको छ।

सम्बन्धित समाचार