साताका ७ तस्बिर : विपद्, वर्षा र जनजीवनका विविध दृश्य

981 Shares

काठमाडौँ । बितेको साता देशभर विभिन्न महत्वपूर्ण घटनाक्रम भए। लगातारको वर्षा, बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित बनेका बेला देशका विभिन्न स्थानका गतिविधि र घटनालाई रातोपाटीले तस्बिरमार्फत प्रस्तुत गरेको छ।

यस साता प्राकृतिक विपद्सँग सम्बन्धित दृश्यहरू विशेष रूपमा चर्चामा रहे। भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्दा कतिपय स्थानमा बाढीको जोखिम बढेको छ भने सडक तथा यातायातसमेत प्रभावित भएका छन्।

त्यस्तै, निरन्तरको झरीका बीच पनि बागलुङ कालिका मन्दिरमा भक्तजन दर्शनका लागि पुगेका दृश्यहरू देखिएका छन्। बाढी–पहिरोका कारण सडक अवरुद्ध हुँदा भक्तजनको चाप भने अघिल्ला दिनको तुलनामा कम भएको जनाइएको छ।

देशभरका पछिल्ला गतिविधि, प्राकृतिक विपद्का प्रभाव र जनजीवनसँग जोडिएका यिनै विविध दृश्यलाई समेटेर ‘साताका ७ तस्बिर’ प्रस्तुत गरिएको हो।

 
 
 
सम्बन्धित समाचार