3.3k
Shares
सर्लाहीमा नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत एक सय जना दलित बालबालिकालाई छात्रवृति वितरण गरेकोे छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही तथा सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत छ्नौटमा परेका एक सय जना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको हो ।
जिल्लाको कबिलासी ,हरिपुर्वा ,मलंगवा ,गोडैता नगरपालिका र ब्रहम्पुरी,चन्द्रनगर गाउँपालिका भित्रका एक सयजना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको संस्थाका कार्यक्रम अधिकृत गोविन्द पासवानले कमलामाई मिडिया प्रालीलाई जानकारी दिनु भयो । छात्रवृत्ति रकम प्रत्येक तीन–तीन महिनामा वितरण हुँदै आएको आयोजकले बताएको छ ।