सर्लाहीको लालबन्दी नगरपालिका ७ स्थित बजारमा रहेकाे प्रहरी विटमा जडान गरिएको सिसिक्यााेरा हराएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीले सञ्चालन गरेकाे २४ घण्टे प्रहरी विटबाट बिहिबार राति सिसिक्यामेरा हराएको पाईएकाे छ ।
पुर्व पश्चिम लाेकमार्गमा हुने दुर्घटनाहरुकाे अनुसन्धान गर्न सहज हाेस भनेर करिब डेढ वर्ष पहिला प्रहरी विटमा जडान गरिएको सिसिक्यामेरा राती नै हराएको हाे ।
तपाईंको मातहतकाे विटमा रहेकाे सिसिक्यामेरा हराए छनी ? भन्ने सञ्चारकर्मीकाे प्रसंगमा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले हराएको नभई विग्रेकाे र बनाउन निकालेकाे बताउनु भयाे । तर बिहिबार साँझ सम्म ननिकालिएकाे सिसिक्यामेरा बिहिबार राती नै गायब भएको छ । जसबाट त्यहाँ डिउटी गर्ने प्रहरी अधिकारी माथि प्रश्न उठेकाे छ ।
भने २४ घण्टे प्रहरी बिटबाटै सिसिक्यामेरा हराएपछि लालबन्दीबासीले शान्ति सुरक्षाकाे महसुस कसरी गर्ने भन्दै स्थानिय शशंकित भएका छन् ।
एक प्रहरी कर्माचारीका अनुसार बिहिबार साँझ सम्म रहेकाे सिसिक्यामेरा राती नै हराएको रहेछ हामीले शुक्रबार बिहान हेर्दा सिसिक्यामेरा छैन । आफ्नाे मजकुर निकायलाइ जानकारी गराई सकेकाे ती प्रहरीले बताए ।