पर्यटन मन्त्री किराँती सर्लाहीमा

1.7k Shares

दुर्गा कुमारी अधिकारी

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले सर्लाहीमा पार्टीका नेता कार्यकर्तासंग भेट गर्नु भएको छ । आदिवासी जनजाति युवा महासंघ नेपालको ८ औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्न सर्लाही आउनु भएका मन्त्री किराँतीले नेकपा(माओवादी केन्द्र) सर्लाहीका नेता कार्यकर्ताहरुसंग भेट गर्नु भएको हाे ।


उहाँले भरखरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) काे निर्वाचनमा विजयी भएका हरिवन नगरपालिका १० काे चतुर्भुजेश्वार जनता बहुमुखी क्याम्पसका पदाधिकारीहरुका साथै सदस्यहरुलाइ बधाई तथा शुभकामना समेत दिनुभएकाे बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयाे ।


मन्त्री किराँतीलाई बागमती नगरपालिका सहित जिल्लाका विकास निर्माण र पार्टीको वस्तुगत स्थितिकाे बारेमा अनाैपचारिक रुपमा जानकारी गराउनु भएको नगर उप प्रमुख लिला कुमारी माेक्तानले बताउनु भयाे ।

सम्बन्धित समाचार