प्रशासनका कर्मचारीले नै निःशुल्क ठाडो उजुरी लेखिदिने

1.6k Shares

गणेश खड्का 
जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफ्नै कर्मचारीबाट निःशुल्क ठाडो उजुरी लेखिदिने भएको छ । बाहिर लेखापढी गर्ने व्यक्तिहरुबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले आफैँले ठाडो उजुरी लेखिदिने भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार कार्यालय कै कर्मचारीबाटै बिना पैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । जसका कारण बाहिर लेखापढी गर्नेहरुसँग उजुरी लेखाउँदा रकम तिर्नु पर्ने सेवागाहीको बाध्यता र गुनासो अन्तय हुने विश्वास लिईएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।
यस्तै,ठाडो उजुरीसँगै समावेशी प्रमाणित,अन्य सिफारिस पनि कर्मचारीहरुले निःशुल्क लेखिदिन थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाहका लागि विभिन्न आफुहरु सलार्नही आए लगतै देखि लागि परेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
कार्यालयमा शान्ति सुरक्षाको माग,लेनदेनको विवादको उजुरी,गाउँघरमा साँध सिमाना सम्बन्धी उजुरी,गालिगलौच विरुद्धको उजुरीसहित अन्य प्रकारका उजुरी दिन आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने सहिायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद अधिकारील बताए । उनका अनुसार सेवाग्राहीहरुको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ । 

सम्बन्धित समाचार