गणेश खड्का
सर्लाहीको हरिवन नगरपालिका १० मा रहेको धरहरा बजारको व्यावस्थापन समिति चयन गरिएको छ । हरिवन नगरपालिका १० स्थित रहेको धरहरा बजारको ७ सदस्यीय व्यवस्थापन समिति चयन गरिएको हो ।
हरिवन नगरपालिका १० स्थित धरहरा बजार व्यावस्थापन समितिको संजय ब्लोनको अध्यक्षमा ७ सदस्यीय समिति चयन गरिएको नेकपा(माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रका सचिवालय सदस्य रामेश्वर चौधरीले जानकारी दिए ।
उनका अनुसार समितिको उपाध्यक्षमा सुनिता चौधरी,सचिवमा नरेश कुमार ठाकुर, कोषाध्यक्षमा पुजा बि.क सहित ७ सदस्य चयन भएका हुन । स्थानीय तहको निर्वाचन बैशाख ३० सम्पन्न भए लगतै नगरका विभिन्न स्थानमा रहेका हाट बजारहरुमा समिति धमाधम चयन हुन थालेको हो ।