शंखर पहाडी( गाैरब)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिकाे बैठकले डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो ।
बोर्ड बैठकले डिजेल,मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखिएको छ ।
बैठकको निर्णयसँगै अब डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर १७५ रुपैयाँ रहेकाे थियो ।
यस्तै,पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएर १७५ रुपैयाँ कायम गरिएको छ । यसअघि पेट्रोलकाे मूल्य १७९ दशमलव ५० रुपैयाँ थियाे ।
खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १८ सय रुपैयाँ नै कायम गरिएको छ । यस्तै हवाई इन्धन आन्तरिक र बाह्यतर्फ पनि औसत लिटरमा १० रुपैयाँले मूल्य घटेको छ ।
घटाएको पेट्रोलियम पदार्थकाे मूल्य साेमबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ । भारतबाट पटक पटक पेट्रोलियम पदार्थकाे मूल्य घटेर आएकाे भए पनि नेपाल आयल निगमले विगत करिब ३ महिनादेखि मूल्य घटाएकाे थिएन् ।