सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु कै सहयोगमा भन्सार छलीको सामान ओसार पसार

1.7k Shares

सर्लाहीको सिमा क्षेत्रमा सुरक्षाकर्मीहरु कै मिलेमतोमा भन्सार छलीको सामान ओसार पसार हुने गरेको पाइएको छ । सर्लाही भन्सार कार्यालय मलंगवा नजिकैबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले भन्सार छलीको सामानहरु सहित साईकलहरु नियन्त्रणमा लिएपछि सुरक्षाकर्मीहरु कै मिलेमतोमा भन्सार छलीका सामानहरु ओसार पसार हुने गरेको तथ्य बाहिरिएको हो ।


शसस्त्र प्रहरी सिमा सुरक्षा बल प्रस्तावित गल्म मलंगवाको चेकजाँच टोली सहित नेपाल प्रहरीको सिमा प्रहरी चौकी गोरखकाली नजिकैबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले विशेष सुराकीको आधारमा करिब एक दर्जन साईकलहरु सहित भन्सार छलीको सामान नियन्त्रणमा लिएपछि सिमानामा रहेका सुरक्षाकर्मीहरु कै मिलेमतोमा भन्सार छलीको सामान ओसार पसार हुने गरेको पाइएको हो ।


जिल्लाको ५१ किलोमिटर क्षेत्रभित्र ११ वटा शसस्त्र प्रहरीका सिमा सुरक्षा बोर्डर आउट पोष्टका साथै गुल्महरु छन भने करिब १५ वटा नेपाल प्रहरीका सिमा प्रहरी चौकीहरु रहेका भएपनि दैनिक प्रहरीले सिमाबाट भित्रिएको भन्सार छलीको सामानहरु सिमा भन्दा धेरै माथिका बजारहरुबाट नियन्त्रणमा लिने गरेको छ ।


त्यसमा पनि पछिल्लो समय शसस्त्र प्रहरी सिमा सुरक्षा बल बोर्डर आउट पोष्ट(बिओपी)सखुअवा,त्रिभुवननगर,खुटौनाका साथै शसस्त्र प्रहरी सिमा सुरक्षा बल प्रस्तावित गुल्म मलंगवा र सिमरा फेन्हराको क्षेत्रबाट रातीको समयमा भन्सार छलीका सामानहरु ओसार पसार हुने गरेको पाइएको हो ।


किरानाका सामानहरुका साथै कपडा,चिनी र सुतीजन्य पदार्थहरु सिमामा रहेका सुरक्षाकर्मीहरुको सहयोगमा रातारात जिल्लाका बजारहरुमा भित्रने गरेको पाइएको छ । सिमानामा रहेका सुरक्षाकर्मीहरुले रु २० र ५० लिएर कतिपय सामानहरु दिउँसै र कतीपय सामानहरु रातीको समयमा पास गराउने गरेका पाइएको हो ।

सम्बन्धित समाचार