रौतहटको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक हबल्दार निरन्जन पुडासैनीको असुली धन्दा मौलाएको छ । विगत करिब ८ वर्षदेखि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक हबल्दार पुडासैनीको गैर कानूनी असुली धन्दा मौलाएको हो ।
रौतहटको चन्द्रनिगाहपुर क्षेत्रका होटलहरुमा गैर कानुनी धन्दा गर्न दिएर,जुवातास लेखाएर,काठतस्करीहरुसंग साँठगाँठ गरेर,नदीजन्य पदार्थहरुको दोहनबाट ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक हबल्दार पुडासैनीले कमिसन असुल्ने गरेका छन् । उनले प्रहरी चौकी रंगपुर क्षेत्रमा जुवातास खेलाउने, चन्द्रनिगाहपुरका होटलहरुका साथे चन्द्रनिगाहपुर क्षेत्रका नदीहरुबाट नदीजन्य पदार्थ निकासी पैठारी गर्नेहरुलाई धम्क्याएर रकम असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए ।
विगत करिब ८ वर्षदेखि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक हबल्दार पुडासैनीले आफुलाई चन्द्रनिगाहपुरबाट कसैले हल्लाउन पनि नसक्ने भन्दै स्थानीय व्यापारीहरलाई धम्क्याएर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षकको नाममा समेत कमिसन असुलने गरेका एक प्रहरी अधिकारीको भनाई छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत प्रहरी सहायक हबल्दार पुडासैनीले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतका प्रहरी युनिटका प्रहरी कर्माचारीहरुका साथै प्रहरी प्रमुखहरुलाई समेत कमिसन दिनु पर्छ भन्दै त्यस्ता क्षेत्रमा पनि गैर कानुनी काम गराउने र कमिसन असुल्ने गरेका पाइएको छ ।चन्द्रनिगाहपुर क्षेत्रमा हुने मोटरसाईकल चोरहरुसंग मिलेर दैनिक मोटरसाईकल चोरी हुने र त्यसबापत पनि सहायक हबल्दार पुडासैनीले कमिसन बुझ्ने गरेका पाइएको छ ।आफ्नी श्रीमती समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमै कार्यरत रहेकी सहायक हबल्दार पुडासैनीले लाईन मिलाउने तथा उनकी श्रीमतीले कमिसन बुझ्ने गरेका प्रहरी स्रोतको दाबी छ ।
नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका एसएसपी मनोज यादव हुँदा सहायक हबल्दार पुडासैनीलाई तत्कालै रमाना गर्न निर्देशन गरिएको भएपनि अहिले सम्म पनि उनी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर क्षेत्र मै बसेर चर्काे कमिसन असुली रहेका छन् । यस विषयमा नेपाल प्रहरी मधेश प्रदेश जनकपुरधामका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वीर बहादुर बुढा मगरलाई समेत जानकारी भएको भएपनि उनीहरु पनि मौन देखिदा सहायक हबल्दार पुडासैनीको चर्काे असुलीको केही हिस्सा उनीहरुले पनि पाउछन् की भन्ने लागेको एक स्थानीय व्यापारीले बताए । प्रहरी सहायक हबल्दार पुडासैनीले आफुलाई कमिसन नदिए विभिन्न बाहनामा मुद्धा लगाउने भन्दै धम्क्याउने गरेका समेत व्यापारीहरुको गुनासो छ ।