बागमतीमा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास

1.6k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको बागमतीमा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको छ । बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समन्वय समिति सर्लाहीका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।


उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समवन्य समिति सर्लाही तथा  जिल्ला सम्बद्ध सुरक्षा निकायहरुको आयोजनामा बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको हो ।


प्रमुख जिल्ला अधिकारी यादवको अध्यक्षता एवम जिल्ला समन्वय समिति सर्लाहीका उप प्रमुख राम आधार सिंह कुशाबाहाको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका ४ र १२ मा निर्माणाधिन अवस्थामा रहेको बागमती माछा पोखरी(भरत ताल)मा मनसुनजन्य विपद् पुर्व तयारी कृत्रिम घटना अभ्यास गरिएको जिल्ला प्रहरी कार्र्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । 
उनका अनुसार  बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा, भैरबी दल गण सर्लाहीका प्रमुख सेनानी अभिषेक कार्की,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक तुल बहादुर भण्डारी, अनुसन्धान उप निर्देशक सन्तोष ढुङ्गेल लगायत जिल्लाका स्थानीय तहहरुका साथै नेपाल  रेडक्रस सोसाइटीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार