गणेश खड्का
सन् २०२३ (१४४४ हज)को हज यात्राका लागि सर्लाहीबाट ४४ जना जान पाउने भएका छन् । साउदी अरबमा हज यात्राका लागि जान ४५ जनाले फाराम भरेकोमा ४४ जनाले सबै प्रक्रिया पूरा गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सन् २०२३ (१४४४ हज)को हज यात्राका लागि प्रक्रिया पूरा गरेका व्यक्तिलाई यही जेठ २० गतेभित्र पन्चकश्मिरी तकिया जामे मस्जिद घण्टाघर,काठमाडौंको सम्पर्कमा पुग्न सुचना जारी गरिएको छ ।
जेठ २२ गते उडान तालिका नै रहेकाले नेपाल हज समितिको सचिवालयबाट २० गतेभित्रै प्रक्रिया पूरा गरेका व्यक्तिलाई काठमाडौं आइसक्न भनिएकोे जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सर्लाहीबाट छनौट भएका सबै ४४ जनै हज यात्रीहरुलाई सूचना अनुसार तयारीमा लाग्न भनिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।