पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका ११ मा सवारी दुर्घटना हुँदा १ जनाकाे ज्यान गएकाे छ भने १ जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बागमती नगरपालिका ११ नयाँ बजारमा शनिबार राति करिब ८ बजे दुई माेटरसाईकल एक आपसमा ठाेक्किएर लड्दा अर्काे सवारीसाधनले किचेर १ जनाकाे घटनास्थलमै ज्यान गएकाे प्रहरीले जनाएको छ । भने एउटा माेटरसाईकलमा सवार २ जना मध्य १ जना घाईते भएका छन् । पुर्ववाट पश्चिम तर्फ जाँदै गरेकाे माेटरसाईकललाई विपरित दिशाबाट आउदै गरेकाे अर्काे माेटरसाईकलले ठक्कर दिएकाे र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेकाे अर्काे सवारीसाधनले किच्दा घटनास्थल मै ज्यान गएकाे प्रहरीले जनाएको छ । तर दुर्घटनामा मुत्यु भएका र घाईते भएका मानिसका विवरण खुल्न बाँकी रहेकाे छ भने दुर्घटनामा संग्लग्न रहेकाे तीनवटै सवारीसाधनकाे विवरण पनि खुल्न बाँकी रहेकाे छ ।