लालबन्दी १४ नारायण खोला क्षेत्रमा करिब १५ बिघामा लगाएको गाँजा खेती फडानी गरि नष्ट

2.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायणखोला क्षेत्रमा स्थानीयले लगायका प्रतिवन्धित लागु औषध गाँजा खेती प्रहरीले फडानी गरेको छ ।आज(शुक्रवार)जिल्ला प्रहरी कार्यालय सर्लाही,सशस्त्र प्रहरी वल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही,ईलाका प्रहरी कार्यालय लालबन्दी र सशसत्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प हरिवनको संयुक्त टोलीले लालबन्दी नगरपालिका १४ नारायणखोला क्षेत्रमा स्थानीयले लगायका प्रतिवन्धित लागु औषध गाँजा खेती प्रहरीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १४ नारायणखोला क्षेत्रमा स्थानीयले करिब १५ बिघा क्षेत्रफलमा लगाइएको प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गरि नष्ट गरिएको हो। अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने सर्लाही प्रहरीले अभियान नै बनाएर लागि परेको छ ।गाँजा खेती लगाइएको स्थानको थप पहिचान गरेर अभियानलाई थप कडाइका साथ लागू गरिने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमालाले बताए ।प्रत्येक वर्ष प्रहरीले त्यस क्षेत्रमा लगाईएको गाँजा खेती फडानी गरी नष्ट गर्ने गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सर्लाहीको कर्णालीको रुपमा रहेको नारायण खोला क्षेत्रमा सडकको राम्रो पहुँच नभएकाले पनि स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती गर्ने गरेका पाइएको छ ।
त्यस क्षेत्रमा भारतीय व्यापारीहरुले स्थानीय किसानहरुको जग्गा भाडामा लिएर गाँजा खेती गर्ने गरेका तथा स्थानीयले लगाएको गाँजा खेती भारतिय व्यापारीहरु स्थानीय किसानहरुको खेतमै पुगेर खरिद गर्ने गरेका र राम्रो मुलय पाउने भएपछि स्थानीयको पहिलो रोजाई गाँजा खेती भएको छ ।लालबन्दी नगरपालिका १४ नारायण खोला,इश्वरपुर नगरपालिका १२ को घारीबथान,गुइृडुङ,हरिवन नगरपालिका २ को पाहाडी क्षेत्रका साथै सिनधुलीको मरिण र हरिहरपुरगढीका विभिन्न स्थानमा उत्पादन भएको गाँजा खेती नेपाल सहित भारतका विभिन्न बजारहरुमा पुग्ने र महँगो मूल्यमा बिक्री हुने गरेको छ।प्रतिवन्धित लागु औषध गाँजा खेती फडानी गरि नष्ट गर्ने अभियानमा प्रमुख जिल्ला अधिकारी धमला,सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक प्रविण धिताल,राष्ट्रिय अनुसन्धानका अनुसन्धान उप निर्देशक सन्तोष ढुंगेल,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियार थारु र सशस्त्र प्रहरी बल नेपाल हरिवनका प्रमुख एवम सशस्त्र प्रहरी नायव उपरिक्षक गोपीकृष्ण भट्टराई  सहित करिब एक सय ५० जना सुरक्षाकर्मीहरुका साथै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट समेत थप मद्धतमा प्रहरी आएका थिए ।

सम्बन्धित समाचार