हँतियार देखाएर हरिपुर्वाबाट पाँच लाख लुटियो

2k Shares

सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्था लिको रकम लुटपाट भएको छ ।हरिपुर्वा नगरपालिका ५ स्थित रहेको सहकारीको शाखा कार्यालय बसन्तपुरका लागि एनआईसी यसिया बैँकबाट पैसा निकालेर जाँदै गरेको अवस्थामा हरिपुर्वा नगरपालिका ६ हनुमान चौकबाट बिहीबार हँतियारधारी लुटेरा समुहले बन्दुक देखाउदै नगद रु पाँच लाख रकम लुटेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
सो सहकारीको बसन्तपुर शाखा तर्फ गईरहेका शाखा प्रमुख रामनाथ राय र निरा राय चढेको ना १५ प ९८९२ नम्बरको मोटरसाइकलबाट हँतियारधारी लुटेराहरुको समुहले हँतियार देखाई रु पाँच लाख नगद लुटेर लगेका जयगंगा बचत तथा ऋण सहकारी संस्था लिले जनाएको छ ।मोटरसाइकललाई पछाडीबाट प्रहार गरि बन्दुक देखाउँदा पैसा बोकेको व्याग दिन न मान्दा एक राउन्ड हवाइ फायर गरेर पैसा लिएर हँतियारधारी लुटेरा समुह भागेको प्रहरीले जनाएको छ ।मास्क लगाएर आएको अज्ञात हँतियारधारी लुटेरा समुहले रकम लुटेको देखेपछि आफुहरुले हल्ला गरेपछि हतियारधारी लुटेरा समुह एक राउन्ड हवाइ फायर गरेर भागेका स्थानीयले बताएका छन् ।  लुटेरा समुहको पहिचान र खोजी कार्यजारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।रकम लुटिएको स्थानबाट नजिकै प्रहरी चौकी हरिपुर्वा रहेको भए पनि सुरक्षा व्यवस्था सुस्त हुँदा घटना घटेको स्थानीयको भनाइ छ ।

सम्बन्धित समाचार