लालबन्दी १ नवलपुरको संजयकुमार औषधालय बन्द गर्ने सामाजिक विकास समितिको निर्णय

1.7k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ मा सञ्चालित संजयकुमार औषधालय मापदण्ड विपरित सञ्चालन भएको भन्दै लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिले बन्द गर्ने निर्णय गरेको छ ।लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाले केही दिन पहिला गरेको नगर भित्रका नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमनको क्रममा लालबन्दी नगरपालिका १ मा सञ्चालित संजयकुमार औषधालय मापदण्ड विपरित सञ्चालन भएको पाइएको भन्दै बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाको सामाजिक विकास समितिले जनाएको छ ।
नगर भित्रका ६९ वटा नीजि स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन गर्दा लालबन्दी नगरपालिका १ मा संजय कुमारले सञ्चालन गरेको संजयकुमार औषधालय मापदण्ड विपरित सञ्चालन भएको पाइएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।नगरपालिकाको अनुगमन समिति र स्वास्थ्य शाखाले गरेको स्थलगत अनुगमन पछि आफ्नो नीजि स्वास्थ्य संस्थाहरुको आवश्यक सम्पुर्ण कागजात पेश गर्न निर्देशन गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।जस अनुसार लालबन्दी नगरपालिका १ मा सञ्चालित संजयकुमार औषधालयले कुनै पनि कागजात पेश नगरेको हो ।उसले सम्बन्धीत निकायबाट अनुमती नलिएको,फार्मेसी दर्ता नरहेको,फामैसी प्राविधिक समेत नरहेको,नविकरण नभएको र व्यावसाय दर्ता समेत नगरेको साथै अनुगमन समिति अनुगमनको क्रममा जाँदा दुव्र्यवहार गरेका कारण लालबन्दी नगरपालिका १ मा सञ्चालित संजयकुमार औषधालयलाई बन्द गर्ने निर्णण भएको सामाजिक विकास समितिले जनाएको छ ।
लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक कल्पना माया पाख्रिङको अध्यक्षतामा मंसिर १९ गते बसेको सामाजिक विकास समिति र विषयगत समितिले लालबन्दी नगरपालिकाको अनुगमन समिति र नगर स्वास्थ्य शाखाले मागेको आवश्यक कागजातहरु पेश नगरेको लालबन्दी नगरपालिका १ मा संजयकुमारले सञ्चालन गरेको संजयकुमार औषधालयलाई आवश्यक कागजात पेश नगरेकाले मापदण्ड पुरा नगरेको पाइएको भन्दै बन्द गर्ने निर्णय गरेको हो ।विगत केही वर्ष पहिलादेखि सञ्चालनमा रहेको संजयकुमार औषधालय सञ्चालन भई रहेको भएपनि यस अघिपनि पटक पटक अनुगमन गर्दा आवश्यक कागजात नरहेको र मापदण्ड पुरा नगरेको पाइदै आएको थियो तर बन्द नै गर्ने निर्णय नहुँदा सो औषधालयले उन्मुक्ती पाउँदै आएको थियो । 

सम्बन्धित समाचार