भारतिय नागरिक रामनाथलाई वंशजको आधारमा नेपाली नागरिकता,प्रशासनीक निकायबाट नेपाली नागरिकता किनबेच

1.9k Shares

जिल्ला प्रशासन कार्यालय पर्साले भारतिय नागरिकलाई नेपाली नागरिकता दिएको रहस्य बाहिरिएको छ ।पर्साको वीरगन्जमा आर.के. एण्ड सन्स सुनचाँदी पसल सञ्चालन गरि बसेका भारतिय नागरिक रामनाथ साह सोनारलाई जिल्ला प्रशासन कार्यालय पर्साले आर्थिक प्रभावमा परेर नेपाली नागरिकता दिएको पाइएको छ ।
मधेश प्रदेशका जिल्लाहरुमा नेपाली नागरिकता वितरण गर्दा जिल्ला प्रशासन कार्यालयहरुबाट आर्थिक चलखेल गर्ने गरेका घटनाहरु बाहिरि रहेको समयमा गैर नेपाली नागरिकलाई पनि आर्थिक प्रलोभनमा परेर नेपाली नागरिकता प्रदान गरेको पाइन थालेको हो । मधेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुबाट आर्थिक चलखेल गरेर भारतीय नागरिकलाई नेपाली नागरिकता दिइएको समाचारहरु समय समयमा आउने गरेका थिए । सोही क्रम पर्सामा दोहोरिएको हो ।
भारतको विहार राज्यको आदापुर प्रखण्डको सिरिसिया पञ्चायतको थाना आदापुर निवासी बुवा महादेव साह सोनारको नामबाट रामनाथ साह सोनारसहित पाँच दाजुभाइ नै भारतीय नागरिक रहेको विवरण अहिलेसम्म विहार पञ्चायत आम निर्वाचन नामावली २०२१ को विवरणमा यथावत नै छ ।बुबा महादेव र उनका छोराहरुको फोटोसहित विहार पञ्चायत आम निर्वाचन नामावली २०२१ को विवरण र विहार राज्यको आधिकारीक वेभसाईटमा राखेको देखिन्छ ।जसमा रामनाथको फोटोसहितको विवरण पनि उल्लेख छ ।त्यस मतदाता नामावलीको विवरणमा रामनाथको उमेर ५५ वर्ष लेखिएको छ ।
तर उनै रामनाथको पर्सा जिल्लाबाट वंशजको नागरिकता लिएका तथ्य बाहिरिएको छ ।तिनै बुबा महादेव कै नामबाट जिल्लाको साबिक गाउँ बगहीबाट रामनाथले वंशजको नेपाली नागरिकता लिएका छन् ।बगही ३ बाट रामनाथले भारतीय बुवा महादेवबाटै २०५४ मंसिर ११ मा नेपाली नागरिकता लिएका पाइएको हो ।तत्कालीन प्रशासकीय अधिकृत गिरीधारी ढकालको हस्ताक्षरमा भारतिय नागरिक रामनाथले वंशजको नेपाली नागरिकता एिएका पाइएको हो तर रामनाथ सहित दाजुभाइहरु अहिले नेपालमा वंशजको आधारमा नेपाली नागरिकता लिएर बसेका पाइएको हो । 
वंशजको आधारमा नेपाली नागरिकता लिने प्रावधान के छ ?
वंशजको आधारमा नेपाली नागरिकता लिन धेरै कडा कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिकता नियमावली,२०६३ को नियम ३ मा वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहनेले १६ बर्ष उमेर पूरा गरेको नेपाली नागरिकले सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष देहायका कागजात संलग्न राखी अनुसूची (१) बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ । जसमा बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र,(ग) मा खण्ड (क) बमोजिम तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र,(२) उपनियम (१) बमोजिमका प्रमाण निवेदनसाथ पेश गर्न नसक्ने नेपाली नागरिकलाई देहायका कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिन सकिने छ ।
निवेदकका बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपाल सरहदभित्र स्थायी रुपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय निकायका प्रतिनिधिको रोहबरमा अनुसूची(३)बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,सम्बन्धित वडामा बसोबास गर्ने तीन जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नेपाली नागरिकले अनुसूची(४) बमोजिमको ढाँचामा सर्जमिनस्थल मैँ गरिदिएको सनाखत तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानवीन गर्न सक्ने प्रावधान रहेको छ ।
कारबाही बारे किन मौन प्रशासन ?
वंशजको आधारमा नेपाली नागरिकता पाउन भनिएको व्याख्यामा रामनाथको कागजात पुग्दैन,तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र राखेर वंशज नागरिकता लिन प्रष्ट भनिएको छ तर रामनाथले भने बिना तीन पुस्ते आफ्नो भारतीय बुवा महादेवकै नामबाट वंशजको आधारमा नेपाली नागरिकता लिएको सरकारी कागजातबाटै पुष्टि भएको छ ।त्यति मात्रै नभई रामनाथसहितका दाजुभाइले झुठ्ठो विवरण पेश गरी नेपाली नागरिकता लिएको सबै प्रमाणसहित जिल्ला प्रशासन कार्यालय पर्सा लगायत सम्बन्धित ठाउँमा उजुरी पनि परेको छ तर उनीमाथि अहिलेसम्म कानुनी कारबाही भएको छैन् ।
यसरी कानुनी व्यवस्था कडा हुँदाहुँदै पनि रामनाथ जस्ता गैर नेपाली नागरिकले सजिलै वंशजको आधारमा नेपाली नागरिकता हात पारेपछि प्रशासनमाथि गम्भीर सवाल खडा भएको छ ।यो एक घटनाले तराइमा बिना प्रमाण समय समयमा गैर नेपालीलाई नेपाली नागरिकता किनबेच गरिन्छ भन्ने प्रश्न नै प्रश्न उब्जाएको छ ।नागरिकता जस्तो गम्भीर प्रकृतिको मुद्दामा जिल्ला प्रशासन कार्यालय पर्सा मौन बसेपछि प्रशासनिक निकायको रवैयाको पर्दाफास भएको छ ।कसको मिलोमतोमा नागरिकता बेचियो ? प्रमुख जिल्ला अधिकारीहरु किन त्यसमाथि छानविन गर्दैनन् ? 
वंशजको आधारमा नेपाली नागरिकता दिने नेपालको नागरिकता ऐन कानुनले प्रष्ट व्याख्या गरेको छ ।सो विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई प्रश्न गर्दा उनले रामनाथका बारेमा राज्यको एउटा निकायले अनुसन्धान सुरु गरिसकेको बताए । त्यसको अनुसन्धान सकिए लगत्तै हामीले नागरिकताबारे अनुसन्धान गर्ने तयारी गरेका छौँ भनेले भने । रेसखबरबाट केही प्रमाणहरु संकलन गरिएको हो ।

सम्बन्धित समाचार