तपस्वीको भेषमा हिड्ने बम्जन बुढानिलकण्ठको हात्तीगौडाबाट पक्राउ

1.1k Shares

तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोलीलाई देखेपछि भाग्न खोजेका बम्जन पक्राउ परेका प्रहरीले जनाएको छ ।बम्जन केही समयदेखि काठमाडौंमा बस्दै आएका भन्ने सूचना प्राप्त गरेको प्रहरीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य पत्ता लगाएर प्रहरी नायव उपरिक्षक भण्डारीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख एवम एआइजी किरण बज्राचार्यले जानकारी दिईन् ।उनका अनुसार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएका बम्जन प्रहरी आएको थाहा पाएपछि माग्न खोजेका भएपनि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका बम्जनमाथि यौन शोषण,बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको थियो ।उनीविरूद्ध पाँच परिवारले उजुरी दिएका प्रहरी स्रोतले जनाएको छ । आफ्नो आश्रममा बस्दै आएका तीन जना युवती र दुई युवालाई बेपत्ता पारेको उजुरी विभिन्न प्रहरी कार्यालयमा दर्ता भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ ।तीमध्ये एक जनालाई सिन्धुपाल्चोकस्थित आश्रममा हत्या गरी बम्जनले शवसमेत बेपत्ता पारेको थिए।
उनीविरूद्ध गंगामायाले बलात्कारको जाहेरी दिएकी थिइन्। सर्लाही जिल्ला अदालतमा उक्त मुद्दा विचाराधीन रहेको प्रहरीले जनाएको छ।बम्जनले आफ्नो विभिन्न आश्रममा हत्या,हिंसाको दुष्चक्र चलाएको समेत विभिन्न सञ्चार माध्यामहरुले समय समयमा प्रकाशन गरेका समाचारहरुमा देख्न सकिन्छ ।त्यसपछि उनीमाथि आश्रममा बस्ने युवती र युवकहरू बेपत्ता पारेको भन्दै उजुरी परेका थिए तर उनी लामो समयदेखि फरार रहँदै आएका थिए। प्रहरीको टोली पटक पटक उनको आश्रममा पनि पुग्ने गरेको थियो तर प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन।

सम्बन्धित समाचार