राजश्व कार्यालय पथलैयाका अधिकृत पासवानको असुली चर्काे,पासवानलाई जसरी पनि पैसा चाहियो

2.3k Shares

राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्माचारीको मिलेमतो र सेटिङमा राजस्व छली र चुहावट हुने गरेको पाइएको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयाका अधिकृत तिर्थराज पासवानको बदमासीका कारण भारतबाट अवैध तरिकाबाट नेपाल भित्रिएका भन्सार छलीका सामानहरुका साथै भारतिय सवारी साधनहरु निर्वाध तरिकाले गन्तव्यसम्म जानलाई राजस्व अधिकृत पासवानले सेटिङ गर्ने गरेका पाइएको हो ।स्रोतका अनुसार,अधिकृत पासवानले विभिन्न ट्रान्सपोर्ट कम्पनी,क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीचोरी गरी ल्याउने तस्करसंग मिलेर भारतको रक्सौलबाट नै सेटिङ मिलाएर वीरगन्जदेखि काठमाडौँ,नारायणघाट,हेटौडा,कलैया,गौर,मलंगवा,जनकपुर,जलेश्वर र मटिहानीलगायत अन्य व्यापारिक शहरहरूदेखि नेपालका प्रसिद्ध व्यापारिक सहरहरु सम्म व्यक्तिगत पैसा लिएर लाईन दिने गरेका पाइएको छ ।

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको सन्तोष डिलरको नामले परिचित सन्तोष दासको रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिबाट बरामद् भई राजश्व अनुसन्धान कार्यालय पथलैयामा अनुसन्धानमा रहेका तीन वटा ट्रक सहित ठुलो मात्रामा रहेको भन्सार छलीको सामान उनै अधिकृत पासवानले कमिसन बुझेर छाडेका थिए ।जिल्ला प्रहरी कार्यालय सर्लाही,शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही,शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम हरिवन र ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयाको टोलीलाई खबर गरेको थियो ।

त्यसपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृत सहित आएर रोहित एन्ड रितिक ट्रेडर्स प्रा.लिको गोदामबाट ना ५ ख १०८,ना ५ ख ७१८३ र प्रदेश २ ०३ ००१ ख ७३६६ नम्बरका तीन वटा ट्रकमा रातो मोटर २० बोरा ,हरियो मोटर ६६ बोरा,चिनी २६ बोरा,दाल ४ बोरा,जुटको बोरामा चालम ४ ,सुजि पिठो ६ बोरा,खानेतेल ४० कार्टुन,चिउरा ३ बोरा,चना दाल २ बोरा,पापड १५ बोरा र काजु ४५ बोरा र मैदा भन्सार छलिको सामान बरामद् गरि ठुलो परिमाणमा बरामद् गरि राजश्व अनुसन्धान कार्यालय पथलैया लगेको थियो ।तर केही दिनमै सहजै ट्रक सहित समान छुटेपछि अधिकृत पासवानले ठूलो आर्थिक चलखेल गरेर विना सर्त छाडिएको स्रोतले जानकारी दिएको थियो ।

प्रहरीले सो सामान सर्लाहीको कुन सिमा नाकाबाट भन्सार छलि नेपाल प्रवेश गर्यो भन्ने विषयमा अनुसन्धान सुरु गरेको बताएपनि प्रहरीले सिमानाका सार्वजनिक गरेन भने विभिन्न कारण देखाउँदै राजश्वले सहजै ट्रक सहित सामान छाडिदिएपछि कार्यालय प्रति सबैको आशंका सुरु भएको थियो ।ती तीनवटा ट्रक र भन्सार छलीका सामानहरुको विषयमा के हुँदै छ ? भन्ने प्रश्नमा विल भएका सामानहरु र ट्रकलाई सहजै र विल नभएको सामान जरिवाना गराएर छाडिएको कार्यालयले जनाएको थियो तर त्यो त्यति सजिलो जवाफ जस्तो काम थिएन् किनकी राजश्व कार्यालय बुझाएको कुनै पनि सामानहरुको विल विजक नरहेको र भन्सार छली नेपाल भित्र्याईएको पाइएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । तीन दिनको समय दिएर फर्किएको राजश्वको टोलीलाई ठुलो आर्थिक चलखेलमा पारेर हरिवन नगरपालिका ११ स्थित रहेको रोहित एण्ड रितिक ट्रेडर्स प्रा.लिका सञ्चालक सन्तोष डिलरको नामले परिचित सन्तोष दासले विभिन्न मानिसहरुसंग भन्सार छलीका सामानहरु सकार गरेको विल,विजक जम्मा गरि पेश गरि सामान निकालेका स्रोतको दाबी छ।यसबाट राजश्व अनुसन्धान कार्यालय पथलैया कमिसनका लागि जे गर्न पनि तयार हुन्छ भन्ने प्रष्ट भदौ अन्तिम साता नै देखिएको थियो ।
को हुन राजश्व अधिकृत पासवान ?
२०६६ साउन ४ गते खरीदार पदबाट सेवामा प्रवेश गरेका उनी २०७० असोज ३ गते अधिकृत भएका थिए ।माल्दार भन्सार कार्यालय बाहेक अन्य ठाउँमा अहिले सम्म नगएका अधिकृत पासवान २०७१ देखि २०७३ सम्म भन्सार कार्यालय सर्लाही,२०७३ देखि २०७५ सम्म भन्सार कार्यालय वीरगञ्ज,२०७५ देखि २०७७ सम्म सुठाउँली भन्सार कार्यालय,२०७७ देखि २०७९ सम्म भैरहवा भन्सार कार्यालय,२०७९ देखि २०८० जेठ २४ गतेसम्म कृष्णनगर भन्सार कार्यालयबाट तस्करीमा संलग्न भएको कारण छोटो समयमा सति भन्सार सरुवा भएका थिए । त्यसपछि अधिकृत पासवान १५ दिन मात्र बसी उच्च शक्तीसंग हारगुहार गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया आएका हुन् ।जहाँ बसे पनि अनियमितता गरी जसरी पनि पैसा  कमाउन माहिर अधिकृत पासवान उच्च अधिकारीलाई खुसि बनाएर व्यापक आर्थिक अनियमितता गर्ने एक कर्माचारी रहेका स्रोतको दाबी छ ।

अहिलेपनि उनी हरेक ट्रान्सपोर्ट कम्पनी,तस्कर र क्यारिङवालाहरुसँग मासिक रुपमा पैसा नै उठाउने गरेको एक व्यापारीले बताए ।अधिकृत पासवन आर्थिक प्रलोभनमा लिप्त हुँदा त्यस क्षेत्रबाट चोरी तस्करी झन्झन् बढेको छ ।जसकारण पथलैया कार्यालयको प्रगति न्यून रहेको छ ।त्यस्तै अनुगमनको नाममा उद्योगी÷व्यवसायीलाई अनेक बहानामा तनाव दिन थालेपछि व्यवसायीहरू आतंकित हुन थालेको गुनासाहरू आउन थालेका छन् ।राजस्व अनुसन्धान कार्यालय पथलैयाको कार्यक्षेत्र रहेका पर्सा,बारा,रौतहट र सर्लाही लगायतका जिल्लाका व्यवसायी÷व्यापारीहरूलाई फोन गरेर अधिकृत पासवनले कार्यालयमा भेट्न आउन भन्नुको साथै आफैँ व्यपारीहरुको व्यापारीक प्रतिष्ठान,गोदाम,कार्यालय चाहारेर आर्थिक लाभ लिने अभियानमा जुटेको एक व्यापारीले बताए। 

नाम चलेका व्यापारीहरू कहाँ आफैँ पुगेर लाभ लिने साथै साना व्यवसायीहरूको बिल बिजकलगायतका कागजात दुरुस्त रहेपनि मालवाहक गाडी रोकेर विभिन्न बहानामा बार्गेनिङ गर्ने र तर्साउने गरेका व्यवसायीहरूको गुनासो रहेको छ।व्यवसायीहरुका अनुसार मालवाहक सवारीका चालकसँग साहुको नम्बर मागी आफैँले फोन गरेर अधिकृत पासवानले कार्यालयमा भेट्न बोलाउने गरेको पाइएको छ। उनको अहिले पनि हरिवनको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।हामी निरन्तर उनीसँग जोडिएको अन्य विषयहरुको खोजी गरिरहेका छौं ।

सम्बन्धित समाचार