सर्लाहीको मलंगवा नगरपालिका ८ बाट लागू औषध सहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।मलंगवा नगरपालिका ८ स्थित प्रतिबन्धित लागू औषध सहित सामेबार दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक पै्रवीण धितालले जानकारी दिए ।
उनका अनुसार प्रतिबन्धित लागू औषध गाँजा एक किलो,नाइट्राभेट टयाब्लेट तीन सय १० पिस,कोरोक्स १४ बोतल सहित जिल्लाको मलंगवा नगरपालिका १० घरभई मलंगवा नगरपालिका ८ मा कोठा भाडामा बस्ने अन्दाजी वर्ष ३४ का मनोज राउत र मलंगवा नगरपालिका ६ का अन्दाजी वर्ष ३२ का सम्सुदिन मिक्रानीलाई पक्राउ गरिएको हो ।
मलंगवा नगरपालिका ८ स्थित बजार क्षेत्रमा लागु औषध बिक्रि वितरण भई रहेको विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको प्रहरी टोलीले दुई जना मानिस सहित लागु औषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिईएका मानिस र लागू औषधलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखेर थप अनुसन्धान सुरु भएको छ ।