नेकपा(एमाले) हरिहरपुरगढी गाउँ कमिटिको ग्रण्ड डिजाईन असफल भएको छ ।एमाले हरिहरपुरगढी गाउँ कमिटिले हरिहरपुरगढी गाउँपालिमा भएको विकास निर्माणको काम देख्न नसकेर स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेको छटपटीलाई जनताका विचमा लगेर हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवा सहित उनको टिमलाई असफल सावित गर्न खोलेको डिजाईन असफल भएको हो ।

एमाले हरिहरपुरगढी गाउँ कमिटिको डिजाईनमा केही सञ्चार माध्यामहरुले गाउँपालिका अध्यक्ष वाईवालाई परस्त्रिसंग जोडेर समाचार प्रकाशन गरेको केही समयमै गाउँपालिका अध्यक्ष वार्यवसंग जोडेर समाचार बनाईएकी महिलाले नैसर्गिक अधिकारलाई कुण्ठित गरी चरित्रहत्या गर्ने मिडिया विरुद्ध कानुनी बाटो खोज्ने भन्दै विज्ञप्ती जारी गरेपछि एमाले हरिहरपुरगढी गाउँकमिटिको झुटको खेती छरपष्ट भएको हो ।
केही सञ्चार माध्यामहरुले हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवासंग आफुलाई जोडेर आफ्नो व्यक्तिगत स्वतन्त्रताको हक उपभोग गरि जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई कुण्ठित गरि आफुलाई अनावश्यक बदनाम गराउने काम गरेका भन्दै सर्लाहीको बागमती नगरपालिका ४ घर भई सम्बन्ध विच्छेद गरि माईतमा बस्दै आएकी संगीता कुमारी बलले विज्ञप्ती मार्फत आपती जनाउनुका साथै ती सञ्चार माध्यामहरु विरुद्ध कानुनी उपचार खोज्ने भन्दै प्रेस विज्ञप्ती जारी गरेपछि एमाले हरिहरपुरगढी गाउँ कमिटिको डिजाईन झुट रहेको प्रष्ट भएको पाइएको हो ।
उनले फागुन १ गते जारी गरेको प्रेस विज्ञप्तीमा“मिति २०५० माघ २५ गते शिलापत्र, सिन्धुली सौगात लगायतका अनलाईन खवरहरुमा मेरो नाम जोडेर “पालिका अध्यक्षले श्रीमती भगाइदिएको उजुरी परेपछि माओवादीमा खैलाबैला“ भन्ने शीर्षक राखी प्रकाशित भएको समाचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आफ्नो श्रीमती भगाई दिएको भनि मेरो पूर्व पति भिम वहादुर मोक्तानले दिएको भनिएको उजुरीको विषयलाई लिएर केही अनलाईन संचार माध्यममा आएको समाचारको विषयमा समाचार प्रकाशन गर्नु पुर्व सम्बन्धित पक्षको सो विषय वस्तु उपर आफ्नो भनाई राख्न पाउने नैसर्गिक अधिकारलाई समेत वेवास्ता गरि मेरो व्यक्तिगत चरित्र हत्या गर्ने किसिमले प्रकाशित समाचार प्रति घोर आपत्ति प्रकट गर्दछु ।निज भिम वहादुर मोक्तानसँग मेरो विवाह भएको र हामीबाट एक छोरीको
जन्म भएको व्यहोरा साँचो हो तर निजले सधै मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, गालीगलौज,कुटपिट गर्ने,शारिरिक तथा मानसिक यातना दिने,परिवार वाल वच्चालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप पटक पटक गरिरहेको कारणले आफ्नो जिउ ज्यानको असुरक्षा भएको महशुस भएपछि निजसँगको वैवाहिक जीवन अगाडी वढन नसक्ने देखि मिति २०७८ साल भाद्र १३ गते काठमाण्डौ जिल्ला अदालतमा सम्वन्ध विच्छेदको मुद्धा दायर गरि अदालतवाट मिति २०८० वैशाख ५ गते निजसँगको सम्बन्ध विच्छेदको फैसला भई छुट्टै वस्दै आईरहेको छु । मेरो व्यक्तिगत स्वतन्त्रताको हक उपभोग गरि जीवन जिउन पाउने नैसर्गिक
अधिकारलाई कुण्ठित गरि पालिका अध्यक्षसँग मेरो नाम जोडी बदनाम गर्ने तथा व्यक्तिगत चरित्र हत्या गर्न सम्बन्ध विच्छेद भैसकेको व्यक्तिको भनाईलाई आधारमानी प्रकाशित निराधार र भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दै आवस्यक कानुनी उपचारको प्रकृया अवलम्वन गर्ने जानकारी गराउदै भ्रामक समाचारको पछि नलाग्न र उक्त समाचारमा सत्यता नरहेको सम्पूर्णमा अनुरोध गर्दछु ।”भनिएको छ ।यसबाट पनि एमाले हरिहरपुरगढी गाउँ कमिटिको ईसारामा केही सञ्चार माध्यामहरुले भ्रामक,कपोकल्पित,झुटा र गाउँपाकिला अध्यक्ष वाईवाको चरित्र हत्या गर्ने खालका समाचार लेखेको प्रष्ट हुन्छ ।
यता,हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वाईवाले हरिहरपुरगढी गाउँपालिकामा भएको विकास निर्माणको काम देख्न नसक्नेहरुले आफुमाथि विभिन्न किसिमका षड्यन्त्रहरु सुरु गरेका बताएका छन्।स्थानीय तहको निर्वाचनमा पराजय बेहोरेको पार्टीका केही नेताहरु छटपटीमा परेर आफ्ना विरुद्ध विभिन्न किसिमका हत्कण्डा अपनाउन थालेका गाउँपालिका अध्यक्ष वाईवाले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
आफ्ना विरुद्ध आएको समाचारमा कुनै सत्यता नरहेको र केही पत्रकारहरुले आफ्ना विरुद्ध भ्रामक कपोकल्पीत र असत्य समाचार प्रकाशन गरेको समेत गाउँपालिका अध्यक्ष वाईवाले बताए।उक्त मिडियाले नेकपा(एमाले)को विज्ञप्तीलाई आधार मानेर आफ्ना विरुद्धमा अनावश्यक समाचार प्रकाशन गरेको समेत उनले दाबी गरे।उनको विषयमा कुनै परस्त्रीसँग गाउँपालिका अध्यक्ष लागेकोले उनलाई वर्खास्त गर्नुपर्ने माग राखी एमालेले विज्ञप्ती जारी गरेको भन्दै केही सञ्चार माध्यामहरुले समाचार लेखेको थियो ।