तीनपाटनका सबै वडामा राष्ट्रिय प्रसारण लाइन जोडियो,बिजुली झलमल्ल भएपछि स्थानीय खुसी

1.5k Shares

सिन्धुलीको तीनपाटन गाउँपालिकाका सबै ११ वटै वडा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै तीनपाटन गाउँपालिकाका सबै वडामा बिजुली बत्ती झलमल्ल भएको छ ।११ वटा वडा रहेको तीनपाटन गाउँपालिका देशभरकै सबै भन्दा ठूला गाउँपालिकाहरु मध्यको एक हो । जसको वडा नम्बर ७ तोस्रामखोलामा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन् ।फागुन ४ गते सो वडामा पनि राष्ट्रिय प्रसारण लाइन पुगेपछि तीनपाटन गाउँपालिकाका सबै वडा झलमल्ल भएका गाउँपाकिला उपा अध्यक्ष अशोक पुलामीले जानकारी दिए ।
उनका अनुसार तीनपाटन गाउँपालिकाका करिब आठ हजार घरधुरी मध्ये ९० प्रतिशत घरधुरीमा बत्ति पुगेको छ ।१० प्रतिशत घरधुरीमा यो वर्ष बिजुली बत्ती पु¥याउने लक्ष्यसहित धमाधम काम भइरहेको गाउँपालिका उपा अध्यक्ष पुलामीले बताए।“विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको”, उनले बताए ।
टुकी बत्ती,सोलार र लालटिनको सहाराले दैनिक जीवन बिताउँदै आएका तीनपाटनवासी गाउँमा बिजुलीले उज्यालो भएपछि खुसी भएका छन्।घरमा राष्ट्रिय विद्युत प्रसारण लाइनको बिजुली बाल्ने धोको बल्ल पूरा भएको तीनपाटन १० का लिला प्रसाद पहाडीले बताए ।उनका अनुसार राष्ट्रिय प्रसारण लाइनको बत्ती बाल्न स्थानीयले पोल बोक्ने,गाड्ने र तारको काममा श्रमदान गरेका थिए ।
सिन्धुलीका करिब ५७ हजार पाँच सय ८१ घर धुरीमध्ये हालसम्म करिब ५५ हजार घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको विद्युत प्राधिकरणले जनाएको छ ।विद्युत बिस्तार गर्न बाँकी गोलन्जोर गाउँपालिका र दुधौली नगरपालिकाको केही वडामा केन्द्रीय योजना अन्तर्गत रु ६५ करोडको लागतमा विद्युत सेवा विस्तारको काम भइरहेको छ ।भुगोलको हिसाबले सबै भन्दा ठुलो जिल्ला सिन्धुली विकटताको हिसाबले पनि विकट भु भागले भरिएको छ । जसका कारण विद्युत तथा सञ्चार  र सडकको सहज पहुँच पुर्याउन नसकिएको जनप्रतिनिधिहरुको गुनासो छ ।

सम्बन्धित समाचार