प्रहरी चौकी नारायणपुरका असई यादवले कमिसन असुल्दै तस्करी गर्न दिएको खुलासा

1.4k Shares

सर्लाहीको प्रहरी चौकी नारायणपुरका प्रमुख असई संजीव राय यादव कमिसनको खेलमा लागेर तस्करहरुसंग मिलेको पाइएको छ ।प्रहरी चौकी नारायणपुरका प्रमुख असई यादवले नेपाल भारत सिमा क्षेत्रबाट भन्सार छली तस्करी गरी विभिन्न किसिमका सामानहरु ल्याउँने तस्कहरहरुसंगबाट रु २५ हजार कमिसन असुलेका पाइएको हो । सिमा प्रहरी चौकी संग्रामपुरका असई मनोज कुमार यादव कमिसन असुली काण्डमा मुछिएर निलम्बन भएको केही समयपछि कमिसन असुल्न माहिर मानिएका प्रहरी चौकी नारायणपुरका प्रमुख असई यादवले तस्करसँग रु २५ हजार कमिसन असुलेको खबर बाहिरिएको हो ।

प्रहरी चौकी नारायणपुरका प्रमुख असई यादवले बिहीबार स्थानीय तस्करहरूको सामान कमिसन बुझेर छाडि दिएका प्रहरी स्रोतको दाबी छ ।भारतीय तस्कर दिवेश पाठक,श्रीनगरका कैलाश साह,मोहन साह र अरुण साह समेतले भारतबाट अवैध तरीकाले भन्सार छली नेपाल भित्र्याएको करीब दुई लाख बराबरको कपडा, काजु र सुर्तीजन्य पदार्थ सहित मोटरसाइकल नियन्त्रणमा लिएर रु २५ हजार कमिसन असुलेर छाडेका एक प्रहरी अधिकारीले बताए । प्रहरी चौकी नारायणपुरका प्रमुख असई यादवसँग समन्वय नै नगरी तस्करहरूले सो नाका प्रयोग गरी सामान ल्याउन थालेपछि सामान पक्राउ गरेर कमिसन असुल्दै छाड्दै गर्न थालिएको पाइएको प्रहरी स्रोतको दाबी छ ।

पर्सा घर भएका फूल तस्कर सन्तोष भण्डारीले समेत सर्लाही र महोत्तरीका विभिन्न नाका प्रयोग गरि आफ्ना भारतीय मामा संजय भण्डारीको नाममा लाइन संचालन गरेका पाईएको छ । भारतिय फुल ल्याएर उनले आफ्ना भाई सरोज भण्डारीको नाममा नेपालमा दर्ता रहेको सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सको नाममा विल काटेर काठमाण्डौँ सम्म पनि पठाउने गरेका पाइएको हो । भण्डारीले सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सको नाममा विल काट्दा कुनै पनि विलमा कार्पनको प्रयोग नगरी भन्सार छली गरेको समेत पाइएको छ ।सरोज भण्डारी फूल नर्सरी कट फ्लार्वस होलसेल सप्लायर्सको नाममा रहेको प्यान नम्बर ६१५८४२९८९ नम्बर भएका काटिएका केही विलका ठेली कमलामाई मिडिया प्रा.लिलाई प्राप्त हुनु,काटिएको विलको ठेली एकिन नगरी करचुक्ता लिनुले राजश्व छलीमा आन्तरीक राजश्व कार्यालय मलंगवाको समेत मिलेमतो रहेको आशंका गरिएको छ ।

सो प्रहरी चौकी नारायणपुरका प्रमुख असई यादवसँग बुझ्दा“आफुले तस्करहरूसँग एक रुपैयाँ पनि कमिसन नलिएको दाबी गरे ।उनले आफूले तस्करहरूलाई रोकेर आफ्नो नाकाबाट अवैध रुपमा सामानको ओसार पसार नगर्न सम्झाएको प्रतिक्रिया समेत दिए ।”

सम्बन्धित समाचार