मन्त्री,नेता,जनप्रतिनिधि र पत्रकारहरुको दवाव नभए जिल्लामा हुने गैर कानुनी कार्य १० दिनमा नियन्त्रण गर्ने प्रहरी उपरिक्षक ज्ञवालीको दाबी

1.2k Shares

विगत करिब पाच दिन पहिला जिल्ला प्रहरी कार्यालय सर्लाही प्रमुख भई आएका प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीले जिल्लाका सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीमा काजमा रहेका प्रहरी उपरिक्षक प्रवीण धितालको काज फिर्ता भएपछि दरबन्दी भई सर्लाही आएका प्रहरी उपरिक्षक ज्ञवालीले पहिलो पटक जिल्लाका सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रम गरेका हुन ।
आफु लामो समय काठमाण्डौँ उपत्यका मै बसेको र मधेश प्रदशेको पहिलो अनुभव गर्न सर्लाही आएको बताउँदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक ज्ञवालीले जिल्लाका कुनैपनि राजनैतिक दलका नेता एवम मन्त्री,नगर प्रमुख तथा जनप्रतिनिधिहरु र पत्रकारहरुले अवरोध नगर्ने हो भने जिल्लाका खुल्ला सिमानाबाट हुने गैर कानुनी गतिविधि १० दिनमा पुर्णरुपमा नियन्त्रण गर्ने समेत बताए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको सभा हालमा भएको सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा  उनले आफु हार्ड लाईन प्रहरी अधिकृत रहेको बताउँदै आफुले बोलेर भन्दा पनि गरेर देखाउने समेत बताए ।उनले तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी एक्लैले सम्भाव नरहेको र भारतिय नम्बरका सवारी साधनहरु नियन्त्रणमा गर्न प्रहरी एक्लैले नसक्ने समेत बताए ।उनले  प्रहरी एक्लैले जिल्लाका होटल तथा लजहरुमा हुने गैर कानुनी कार्य,खुल्ला सिमानाका कारण हुनै भन्सार छली,नदी दोहन र क्रसर माफिया तन्त्र प्रहरी एक्लेले कुनै सम्भव नभएको र एक वर्षे कार्यकालमा जिल्लाको वस्तुगत स्थिति बुझ्दा बुझ्दै वित्ने समेत बताए ।
उनले आफुले ठुला ठुला पत्रकारहरु चिनेको बताउँदै सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा सहभागी भएका जिल्लाका सञ्चारकर्मीहरुलाई घमण्ड समेत देखाए ।उनले अफ द रेकर्ड भन्दै नेपाल सरकारको गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समेत ध्यान सर्लाहीमा केन्द्रीत रहेको समेत बताए साथै उनले आफुले विभागमा सर्लाही आउन नभनेको तर विभागले जा भनेपछि आउनै पर्यो समेत बताए ।उनले सञ्चारकर्मीहरुसंग परिचयात्मक तथा अन्र्तक्रिया कार्यक्रममा बोलेका कुराहरु व्यवहारमा कति लागु गर्छन् भन्ने हेर्न बाँकी रहेको छ ?

सम्बन्धित समाचार