दुई प्रहरी चाैकी प्रमुख सहित लालबन्दीका हबल्दार मेहतालाई जिल्ला तानियाे

1.7k Shares

सर्लाहीका दुई प्रहरी प्रमुख सहित लालबन्दीका हबल्दार गरि तिनजनालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले तानेकाे छ । प्रहरी चाैकी नारायणपुरका प्रमुख एवम असई संजिव यादव,प्रहरी चाैकी भाँडसरका निमित्त प्रमुख हबल्दार संजय यादव र ईलाका प्रहरी कार्यालय लालबन्दीका हबल्दार वीरेन्द्र कुमार मेहतालाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले तानेकाे जनाएको छ ।

प्रहरी संगठनकाे आचरण विरुद्ध काम गरेकाे भन्दै उनीहरु तीनै जनालाई छानविनका लागि भन्दै जिल्ला तानिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरी चाैकी नारायणपुरका असई यादव विगत लामाे समयदेखि नारायणपुर क्षेत्रबाट हुने भन्सार छलिका तस्करहरुसंग कमिसनमा लिप्त रहेका भन्दै विभिन्न सञ्चार माध्यामहरुमा समाचार प्रकाशन भएको थियाे भने भाँडसर क्षेत्रबाट पनि व्यापक तस्करी हुने गरेका सुचनाहरु आएका थिए ।

त्यसैगरी,ईलाका प्रहरी कार्यालय लालबन्दीका हबल्दार मेहता पनि लामाे समयदेखि सिभिलमा घुमुवा बसेका र पछिल्लाे समय बर्दिमै भएपनि असुलीमा लिप्त भएका सुचनाहरु आएपछि उनीहरुलाइ छानविनका लागि भन्दै जिल्ला तानिएको प्रहरी सेराेतले जनाएको छ ।

सम्बन्धित समाचार